Logo

प्रमुख समाचार

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टी मुख्यालय सानेपामा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक सानेपा पुगेका हुन् ।

पदभार ग्रहणपछि पार्टी केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्ने तयारी गरेको छ ।

सभापति थापा सानेपा पुग्दा कांग्रेस कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १५:२२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।