Logo

खेलकुद

एनपीएलको बिसौं अर्धशतक हुसैनको नाममा



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे ।

जारी एनपीएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ ।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

विराटनगरका इमरान शेख, आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, चितवन राइनोजका डेभिड मलान,रवि बोपरा, पोखरा एभेन्जर्सका कुशल भुर्तेल,युवराज सामराले अर्धशतक हिर्काएका थिए ।

यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन् । उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।