Logo

अर्थ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १ अर्ब ६१ करोडमाथि, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४३.०५ प्रतिशतले घटेको छ।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँले ऋणात्मक थियो।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ४० करोड २१ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ४ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले कम हो।

दोस्रो त्रैमाससम्म बैंकले ६ अर्ब ६२ करोड ३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म बैंकले ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ४ अर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.९० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ५.६८ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ९.४५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.६० रुपैयाँ थियो। पीई रेसियो २०.२० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १२:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।