Logo

अर्थ

गरिमा विकास बैंकको ६० करोड ३८ लाख नाफा, प्रतिसेयर आम्दानी कति?



काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ६० करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत १०८.९२ प्रतिशतले बढेर ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५.२० प्रतिशतमा सीमित रहेको बैंकको लाभांश क्षमता बढेर १०.२४ प्रतिशत पुगेको छ ।

बैंकका कस्ट अफ फण्ड ५.४२ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा झरेको छ । खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३८ करोड २४ लाख रुपैयाँ छुट्टाएको छ ।

दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ९१ अर्ब २७ करोड र कर्जा प्रवाह ७२ अर्ब ९४ करोड रहेको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २१.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५३ गुणा र तरलता अनुपात २५.२७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १०:०६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।