Logo

अर्थ

नविल इन्भेष्टमेन्टले रक्तदान गरेर मनायाे १६औँ बार्षिकउत्सव



काठमाडाैं । नबिल इन्भेस्टमेन्टले १५औँ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज माघ २३ गतेका दिन यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ ।

मिति २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

स्थापनादेखि हालसम्म नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।

नबिल इन्भेष्टमेन्टले मर्चेन्ट बैंकिङ्गअन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, सेयर रजिष्ट्रार सेवा, सेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ । ईन्भेष्टमेण्ट बैंकिङ्गअन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेका छौं ।

यसका अलावा यस संस्थाका ग्राहकहरुका लागि संस्थागत परामर्श सेवा (Corporate Advisory Services)अन्तर्गत संगठित संस्थाको संरचना हेरफेर (Restructuring), मुल्याङ्कन (Valuation), व्यवसायिक योजना (Business Plan), लोन सिन्डिकेशन (Loan Syndication), सम्पत्ति व्यवस्थापन (Wealth Management), मर्जर तथा एक्युजिसन (Merger and Acquisition) तथा लगानी सम्बन्धि परामर्श (Investment Consultancy Services) सम्बन्धि सेवाहरु समेत प्रदान गर्दै आइरहेका छौ । त्यस्तै निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राईभेट ईक्विटी फण्ड संचालनको तयारीमा रहेका छौ ।

१५औं वर्षको यस उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै, नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी दिनहरूमा पनि नवीनतम सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रबिधीमैत्री र दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछ । साथै हामीलाई सेवा गर्ने मौका प्रदान गर्ने समस्त ग्राहकहरु, नियामक निकायहरु, समग्र मिडियाकर्मीहरु, संस्थापक कम्पनीहरु तथा हाम्रा शुभचिन्तकहरु प्रति नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेड हार्दिक आभार व्यक्त गर्न चाहन्छौ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १५:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।