Logo

प्रमुख समाचार

दुर्गा प्रसाईलाई बिना शर्त रिहा गर्न राप्रपाको माग



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईलाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।

राप्रपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा फरक मत राख्ने व्यक्तिलाई निरन्तर दवाब दिने र पटक–पटक पक्राउ गर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले नागरिकलाई स्वतन्त्र रूपमा हिँड्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित गरिएको आरोप लगाएको छ।

विज्ञप्तिमा कुनै व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ। राप्रपाले प्रसाईलाई तत्काल रिहा नगरे जनस्तरबाट विरोधका कार्यक्रम अघि बढाउने संकेतसमेत गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन द्वारा जारी विज्ञप्तिमा सरकारले नागरिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने र राजनीतिक असहमतिको नाममा दमनको नीति त्याग्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार १७:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।