Logo

राजनीति

पूर्णबहादुरले दिएको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले बुझ्याे म्याद



काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले आइतबार सर्वोच्च अदालतको म्याद बुझेको छ ।

गत पुसमा सम्पन्न कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक रहेका वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार का‌ंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार म्याद बुझेको रातोपाटीलाई जानकारी दिए ।

विशेष महाधिवेशनबाट का‌ंग्रेसको सभापतिमा गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिने निर्णय गरेपछि वैधानिकताको प्रश्न उठाउँदै तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्का रिट लिएर सर्वोच्च पुगेका थिए ।

सो रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोग, विपक्षी बनाइएका सभापति गगनकुमार थापालाई छलफलमा बोलाउन आदेश भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १९:२८   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।