काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । सुन आज ४ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सोमबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा ३ लाख ५ सय रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ । आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया