Logo

राजनीति

जेन-जी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप



काठमाडौं । सरकारले जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको समयवधि बढाउने निर्णय गरेको हो। आयोगको म्याद थप गरिएको यो तेस्रो पटक हो।

भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न असोज ५ गते सरकारले कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो।

सुरुवातमा तीन महिनाको समयसीमा पाएको आयोगले काम नसकिएको जनाएपछि यसअघि पहिलो पटक १ महिना र दोस्रो पटक २० दिन म्याद थप गरिएको थियो।

सोमबार थपिएको २५ दिनको समयसँगै आयोगको प्रतिवेदन फागुन २१ गते हुने चुनावपछि मात्र आउने निश्चित देखिएको छ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।