काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेकाे बस तामाकोशी नदीमा खसेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो ।
प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको हाे । बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया