Logo

राजनीति

रास्वपा कपिलवस्तुका सङ्गठन प्रमुख पक्राउ



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

जिलाको बाणगंगा नगरपालिका– ८ का  भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि प्रहरीले बुधबार गरेको हो ।

गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुकबाट ती कागजातहरू सार्वजनिक गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।

उनीमाथि  विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । भट्टराईले यसअघि पनि पटक पटक फेसबुकमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १८:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।