Logo

sports

टी-२० विश्वकपमा आज दुई खेल हुँदै



काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा आज दुई खेल हुँदैछन् ।

भारतको अहमदावादमा दिउँसो सवा ३ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबिच विजयी हुने टिम सेमिफाइनलमा पुग्नेछ ।

यस्तै, बेलुका सवा ७ बजेबाट सुरु हुने दोस्रो खेलमा भारत र जिम्बावे भिड्दै छन् । सुपर–८ अन्तर्गत समूह ‘एक’ का भारत र जिम्बावे अंकबिहीन छन् ।

आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ । त्यसैले आयोजक भारत र जिम्बावे दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०९:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।