Logo

समाचार

उपचारका लागि सिंगापुर प्रस्थान गरे देउवा



काठमाडौं । शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवा बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १०:२६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।