Logo

राजनीति

बर्दियामा नेकपा (संयुक्त) का उम्मेदवारलाई नेकपा (माले) को समर्थन



बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माले) ले बर्दिया जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टीको जिल्ला संगठन समितिले जारी गरेको विज्ञप्ति अनुसार प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको अवस्थामा योग्य, देशभक्त, प्रगतिशील तथा वामपन्थी विचारधाराका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीतिअनुसार उक्त निर्णय गरिएको जनाइएको छ ।

जिल्ला संगठन समितिका अनुसार प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं १ मा इन्द्रबहादुर रावल र क्षेत्र नं २ मा नीता शर्मा उम्मेदवार छन् ।

उनीहरूलाई सक्षम र योग्य उम्मेदवारका रूपमा समर्थन गरिएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले आफ्ना नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई सम्बन्धित चुनाव चिह्नमा मतदान गरी उम्मेदवारहरूलाई विजयी बनाउन अपिल गरेको छ ।

जिल्ला सचिव नर बहादुर बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा वामपन्थी शक्तिबीच सहकार्य र एकताको सन्देशसमेत दिइएको छ । यहाँ नेकपा एमालेबाट सालिकराम अधिकारी, नेकपाबाट विष्णुप्रसाद चौधरी, रास्वपाबाट ठाकुर सिंह थारू, नेपाली कांग्रेसबाट सञ्जय गौतम उम्मेदवार छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।