जनकपुर । नेपालको धनुषास्थित सतलोक आश्रममा जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको ३००औँ बोध दिवसको अवसरमा तीन दिवसीय विशाल आध्यात्मिक महासमागम तथा अमर ग्रन्थ साहेबको अखण्ड पाठको शुभारम्भ भएको छ।
विहीबारदेखि सुरु भएको अखण्ड पाठमा नेपाललगायत भारतका विभिन्न स्थानहरूमा रहेका कुल १३ वटा सतलोक आश्रमको आयोजनामा पाठको शुभारम्भ भएको हो । समारोहमा हजारौं श्रद्धालु भक्तजनहरुले आध्यात्मिक लाभको प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा अमर ग्रन्थ साहेबको निरन्तर अखण्ड पाठ, विशाल भण्डारा, निःशुल्क मन्त्रदीक्षा, रक्तदान शिविर, दाइजो तथा आडम्बररहित आदर्श विवाह (रमैणी) आदिको आयोजना गरिएको छ ।
उक्त समारोहले सच्चा भक्ति, मानव सेवा, दया तथा अन्धविश्वासमुक्त जीवनशैलीको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।
ऐतिहासिक महत्वका साथ, आजभन्दा ३०० वर्षअघि फाल्गुन सुदी द्वादशीका दिन सन्त गरीबदासजी महाराजले भारतको हरियाणामा जिन्दा माहात्माको भेषमा परमेश्वर कबीर साहेबजी द्वारा मन्त्रदीक्षा अर्थात् बोध प्राप्त गरेका थिए ।
सोही पवित्र दिनको स्मरणस्वरूप हरेक वर्ष विश्वभरका सतलोक आश्रमहरूमा यस्ता भव्य महासमागमहरू आयोजना हुने गर्दछन् । यस दिवसले मानव जातिलाई सच्चा आध्यात्मिक मार्ग, मोक्षको बाटो र नैतिक जीवनशैलीको सन्देश दिँदै आएको छ ।
यस अवसरमा पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपाल एवं जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजका सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरिएको पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले जनाएको छ ।




















प्रतिक्रिया