Logo

विविध

तीन दिन बिदा सार्वजनिक



काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनलाई मध्येनजर गर्दै गृह मन्त्रालयले तीन दिन सार्वजनिक बिदा दिएको छ ।

 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले आज एक सूचना जारी गर्दै फागुन २० गतेदेखि फागुन २२ गतेसम्म तीन दिन सार्वजनिक बिदाको निर्णय भएको जनाएका छन् ।

यसअघि बसेको मन्त्रिपषिद् बैठकले नै तीन दिन बिदा दिने निर्णय लिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार २०:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।