Logo

बैंकिङ

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्ताका ७ अस्पतालमा १५ प्रतिशतसम्म छुट



काठमाडौं — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले भारतस्थित मेदान्ता द मेडिसिटीका सात अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र मेदान्ताबीच भएको नयाँ सम्झौतापछि उक्त सुविधा विस्तार गरिएको हो।

यसअघि छुट सुविधा गुडगाउँस्थित मेदान्ता अस्पतालमा मात्र लागू हुँदै आएको थियो।

अब नोएडा, लखनउ, पटना, इन्दौर र राँचीस्थित मेदान्ताका अस्पताल तथा मेडिक्लिनिकहरूबाट पनि ग्राहकले छुट पाउनेछन्।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार, सहकार्यबाट भारतमा उपचार गराउन जाने ग्राहकले सहज रूपमा सेवा लिन सक्नेछन्।

बैंकले हाल देशभर ६१ जिल्लामा २०० शाखा र १६९ एटीएममार्फत सेवा दिइरहेको जनाएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ०८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।