Logo

समाचार

गोलबजारमा करेन्ट लागेर एक जनाको मृत्यु



सिरहा । गोलबजार नगरपालिका–२ अन्तर्गत गुरु धाम क्षेत्रमा अत्यन्त दुःखद घटना घटेको छ । टिप्परको डाला उठाउने क्रममा ११ हजार भोल्टको हाई टेन्सन विद्युत् लाइनमा छोइएपछि करेन्ट लागेर एक जनाको ज्यान गएको हो ।

प्राप्त जानकारी अनुसार प्र–२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको हाइड्रोलिक डाला माथि उठाउने क्रममा माथि रहेको हाई टेन्सन लाइनमा टच हुन पुगेको बताइएको छ । करेन्ट लागेसँगै गाडीमा आगो समेत लागेको स्थानीयवासीले बताएका छन् ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ११:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।