काठमाडौं । नबिल बैंकको ७१ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यो सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेकोले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि ७ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ । निवेदन काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा पेस गर्न सकिनेछ ।





















प्रतिक्रिया