Logo

अर्थ

हुलास फिनसर्भ हायर पर्चेज आईपीओ पाइपलाइनमा प्रवेश



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज संस्था हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया अन्तर्गत पाइपलाइनमा प्रवेश गरेको छ।

कम्पनीको मिति २०८२/०८/१२ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णयअनुसार आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको थियो । बोर्डद्वारा २०८२ फागुन १३ गते प्रकाशित “IPO Pipeline” सूचीको “Other” वर्गमा कम्पनीको आवेदन सूचीकृत गरिएको जानकारी गराइएको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता रु. ३५८.८५ का दरले प्रिमियम मूल्यमा जारी गर्ने प्रस्तावसहित बोर्डमा निवेदन दिएको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।