Logo

समाचार

गृहमन्त्री अर्याल मोरङमा



मोरङ । गृहमन्त्री ओमप्रकाश अर्याल आसन्न निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा आज विराटनगर आइपुगेका छन् ।

उनी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज अपरान्ह यहाँ आइपुगेका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन छ दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले कुनै हल्ला एवं अफवाहको पछि नलाग्न आग्रह गरे । उनले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको बताए । रासस

 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।