Logo

राजनीति

रवि लामिछानेलाई कालो झण्डा देखाइयो



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाएर विरोध गरिएको छ।

शुक्रबार दमौलीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्न पुगेका लामिछानेविरुद्ध उज्यालो नेपाल पार्टीका कार्यकर्ताले मुख्य सडकमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन्।

कालो झण्डा प्रदर्शन गर्नुको कारण भने खुलेको छैन। सो क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मञ्जिल रानाले उक्त विरोध कार्यक्रम पार्टीको आधिकारिक निर्णय नभएको बताएका छन्।

प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेपछि केहीबेर धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच, विरोध प्रदर्शनमा सहभागी महिला कार्यकर्तामाथि प्रहरीले हातपात गरेको आरोप लगाउँदै उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरू दमौलीको मुख्य चोकस्थित जेब्रा क्रसिङमै धर्नामा बसेका थिए।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १९:१५   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।