Logo

प्रमुख समाचार

अन्धो राजनैतिक पार्टीहरु ! मत सर्वेक्षणमा निर्वाचन आयोगको आपत्ति



काठमाडौं । यहि फागुन २१ गते देशमा हुन लागेको आम निर्वाचनमा देश र विदेशमा रहेको सम्पूर्ण नेपालीहरुले उत्सुक्ताका साथ आ–आफ्नो मत हाल्न प्रतिक्षामा रहँदै आएका छन् ।

यस अनुसार समस्त नेपाली मतदाताहरुले राप्रपा, नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, उज्यालो नेपाल, नेमकिपा आदि राजनैतिक दलहरुले प्रकाशित गरेको घोषणापत्र पढेर, हेरेर कसलाई कुन पार्टीलाई निष्पक्ष ढंगबाट आ–आफ्नो मत दिने भनि सोच बनाई रहेका छन ।

तर, विडम्बना, आम निर्वाचनमा भाग लिने सबै राजनैतिक पार्टीहरुले यो गर्छु, त्यो गर्छु भनेर बकमफुसे प्रतिज्ञा गरेको आम नेपाली मतदाताहरुको गुनासो रहेको छ ।

आम नागरिकका मूल समस्या तुरुन्त समाधान गर्नेतर्र्फ कुनै विशेष ध्यान नदिएकोमा ती सबै राजनैतिक पार्टीहरु अन्धो बनेको प्रमाणित गरिदैछ ।

जबसम्म जनताको समस्या समाधान हुँदैन तबसम्म देशको विकास हुँदैन । आम जनताको बर्तमान समस्या तुरुन्तको तुरुन्तै समाधान गर्न निम्नलिखित तीन वटा कदम आवश्यक रहेको छ ।

क) खाद्य पदार्थ, दाल, आलु, चामल, तेल, पेट्रोल, पिठो, चिनी, चियापत्ति, ग्यास लगायत अत्यावशेक दैनिक सबै पदार्थहरुको मूल्यमा तुरुन्तै सहुलियत दरमा कम्तीमा साठी प्रतिशतले मूल्य घटाउने ।

ख) कृषिप्रधान देश भएको कारण कृषकहरुलाई चाहिने मल, खाद आदि मूल्यमा ५० प्रतिशत सहुलियत दरमा घटाई तुरुन्त उपलब्ध गराईदिने र सोको उपलब्धी देशभरको किसानहरुले सरल र सुलभ तरिकाले उपयोग गर्ने सुविधा दिने ।

ग) जेष्ठ नागरिकहरुलाई दिदै आएको मासिक भत्तामा दायाँ बायाँ नहेरी तुरुन्त उहाँहरुले पाईराखेको भत्ता रकममा ५० प्रतिशत तुरुन्त बुद्धि गर्ने र गराउने । जनताका यी तीन वटा मागहरुको मर्म कुनै पनि राजनैतिक पार्टीको घोषणापत्रमा समावेश नभएको हुँदा जनताले सम्पूर्ण राजनैतिक पार्टीहरुलाई अन्धो राजनैतिक दलहरुको संज्ञा दिएका छन् ।

मत सर्वेक्षणमा निर्वाचन आयोगको आपत्ति

मत सर्वेक्षण चुनाव अघि गरेर जनता प्रभावित नगर्न र भ्रम श्रृजना गरेर हार्नेलाई बलियो र बलियोलाई कमजोर पार्ने काम कानून विपरित भएकाले यसको विरोध जारी छ ।

निर्वाचन आयोगले पनि विभिन्न माध्यमबाट सर्वेक्षण गरी प्रक्षेपण गर्ने कार्यलाई आपत्तिजनक ठहर्याएको छ ।

मतदान अघि नै यस्तो सर्वेक्षण गर्दा निर्वाचनको स्वच्छतामा असर पार्ने भन्दै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  आपत्ति जनाउनु भएको खबर अपर्णमा उल्लेख छ ।

उहाँले मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराउने भएकोले यस्तो कार्य बर्जित गरिएको बताउने भएको छ ।

प्रमुख आयुक्तले जनतामा भ्रम छर्न संवैधानिक अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलवाड नगर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार ०९:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।