Logo

अर्थ

तोलामा ५ हजार १ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँ बढेको छ ।

यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:५८   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।