Logo

विविध

अख्तियारद्वारा रन्जिता श्रेष्ठलाई थुनामा राख्न सर्वोच्च अदालतमा पुनरावेदन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई थुनामा राखी मुद्दाको पुर्पक्ष पूरा गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

गत फागुन १० गते विशेष अदालतले भ्रष्टाचार मुद्दामा ७८ लाख रुपैयाँ बिगो कायम गर्दै रन्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। अख्तियारले उक्त आदेशलाई कानुनी आधारविहीन रहेको दाबी गर्दै अदालतमा बदरको माग गरेको हो।

अख्तियारले बुधबार सर्वोच्च अदालतमा बुझाएको निवेदनमा भनिएको छ कि रन्जिता श्रेष्ठमाथि लागेका आरोप र बिगो रकमलाई मध्यनजर गर्दै उनलाई थुनामा राखेर न्यायिक प्रक्रिया अगाडि बढाउनु आवश्यक छ।

यो भ्रष्टाचार मुद्दामा रन्जिता श्रेष्ठसहित अन्य व्यक्तिहरू पनि संलग्न रहेको उल्लेख छ। अख्तियारले असोज २२, २०८२ मा विशेष अदालतमा ७८ लाख रुपैयाँ बिगोसहित आरोपपत्र दायर गरेको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १९:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।