Logo

समाचार

खोटाङतर्फ जाँदैगरेको गाडी फोक्सिन्टारमा दुर्घटना



उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका –५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डमा आज बोलेरो गाडी दुर्घटना भएको छ।

दुर्घटनामा परी खोटाङ्गको खोटेहाङ गाउँपालिका –७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाइते भएका छन् ।

गाईघाटबाट खोटाङतर्फ जाँदैगरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिव ५ सय मिटर तल खसेको थियो । उक्त गाडीमा चालक र एकजना यात्रु मात्र सवार रहेको बताइएको छ।

सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १८:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।