एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार मध्यपूर्व युद्धका बाबजुद आगामी दिनमा अबुधाबीमा रुससँग वार्ता अघि बढ्ने आशा व्यक्त गरेका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) र उसको राजधानी अबुधाबीमा इरानमाथि इजरायलले संयुक्त रूपमा आक्रमण गरेको प्रतिक्रियामा शनिबारदेखि इरानले आक्रमण गरेको छ।
अबु धाबीले युक्रेनमा रुसी आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा वार्ता आयोजना गरेको थियो र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मार्च ५ र ८ को बीचमा नयाँ चरणको वार्ता तय गरिएको बताएका थिए ।
‘बैठक हुनुपर्दछ, यो हाम्रा लागि महत्त्वपूर्ण छ, हामी यो बैठकलाई समर्थन गर्दछौँ,’ राष्ट्रपति जेलेन्स्कीले एएफपीसहितका पत्रकारहरूसँगको कुराकानीमा भने ।
उनले अगाडि भने, ‘यदि क्षेप्यास्त्र र ड्रोनका कारण अबुधाबीसँग कठिनाइ छ भने मलाई लाग्छ हामी टर्कीए वा स्विट्जरल्यान्डमा पनि वार्ता गर्न सक्छौँ । हामीले बैठकको लागि यी तीन स्थानहरू मध्ये कुनैलाई पनि समर्थन गर्नेछौँ।’
तर इरानसँगको लामो युद्धले अमेरिकामा निर्मित प्याट्रियट व्याट्रीसहित रुसी आक्रमणलाई रोक्न किएभले प्रयोग गर्ने प्रमुख हवाई रक्षा प्रणालीको आपूर्तिमा पनि असर पार्न सक्छ ।
‘यदि मध्यपूर्वमा लामो समयसम्म तनाव रह्यो भने यसले निश्चित रूपमा आपूर्तिलाई असर गर्नेछ। म यसमा विश्वस्त छु,’ जेलेन्स्कीले भने ।
युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने युरोपको प्रणालीले अझै पनि काम गरिरहेको उनले बताए ।
जेलेन्स्कीले जनवरीमा भनेका थिए, ‘जाडोमा अमेरिकी मिसाइल आपूर्तिमा ढिलाइले युक्रेनको नागरिक पूर्वाधारलाई व्यापक रूसी हवाई आक्रमण अभियानको थप जोखिममा पारेको छ, जसले विद्युतीयसंयन्त्रहरूलाई ठूलो क्षति पुर्याएको छ ।’





















प्रतिक्रिया