Logo

समाचार

‘निर्वाचन हुँदैन’ भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ



काठमाडौं । २१ फागुनमा ‘निर्वाचन हुँदैन’ भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आइतबार साँझ काठमाडौँ प्रहरीलाई बुझाएको हो । अधिकारीमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १३:५८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।