काठमाडौं । आज चुनावअघिको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ ।
आज २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै शुवम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया