Logo

अर्थ

आगामी बजेटका लागि मन्त्रालयमा सिलिङ पठाइयो, आकार करिब १९ खर्ब हुने संकेत



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई तीव्रता दिएको छ ।

अर्थ मन्त्रालयले फागुन १५ गते सबै मन्त्रालयलाई बजेट सिलिङ पठाएको जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी बजेटको आकार करिब १९ खर्ब रुपैयाँ हाराहारीमा राख्न सुझाव दिएपछि सोही आधारमा सिलिङ पठाइएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

उनका अनुसार आयोगसँग समन्वय गरेर बजेटको समयतालिका तय गरिनेछ ।

चैत्रको पहिलो सातासम्म मन्त्रालयहरूले आफ्नो प्रस्तावित कार्यक्रम र खर्चको सीमा अर्थ मन्त्रालयमा बुझाइसक्ने लक्ष्य छ ।

त्यसपछि पुँजीगत खर्च र विकास कार्यक्रमबारे आयोगसँग विस्तृत छलफल गरी बजेट लेखन अघि बढाइने जनाइएको छ ।

आयोगले फागुन ५ गते सिलिङसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको थियो ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बजेटको अन्तिम आकार नयाँ सरकारले आवश्यकताअनुसार तय गर्ने स्पष्ट पारे ।

यसैबीच, राजस्व नीतिसम्बन्धी सुझाव संकलन गर्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व परामर्श समिति गठन गरेका छन् ।

समितिले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत कर प्रणाली सुधारका विषयमा सुझाव दिनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार ०८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।