काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा बुधबार र बिहीबार निर्धारित उडान रद्द गरेको छ।
नेपाल एयरलाइन्सले एक सूचना जारी उडान रद्द गरिएको बारेमा जानकारी दिएको हो। निर्धारित तालिकाअनुसार बुधबार काठमाडौं–दोहा र काठमाडौं दमाम तथा बिहीबार दोहा–काठमाडौं र दमाम–काठमाडौं उडान हुने भनिएको थियो।
नेपाल एयरलाइन्सले दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत सूचित गरेको छ।




















प्रतिक्रिया