सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतमुक्त भएका छन् ।
मौन अवधिका बेला नगद रकमसहित पक्राउ परेका यादवलाई रकमको वैधता पुष्टि भएपछि प्रहरीले रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाकाअनुसार यादवको साथबाट बरामद ४ लाख ८७ हजार रुपैयाँको स्रोत खुलाएपछि उनलाई छाडिएको हो ।
यादवसहित पाँच जना गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट उक्त रकमसहित पक्राउ परेका थिए । पक्राउपछि प्रहरीले सो रकमको स्रोतबारे अनुसन्धान गरेको थियो ।
यसैबीच, गाडीमा निर्वाचन सामग्री बोकेको विषयमा निर्वाचन आयोग नेपाल अन्तर्गतको निर्वाचन कार्यालयले यादवसँग स्पष्टीकरण मागेको जनाएको छ ।





















प्रतिक्रिया