काठमाडौं । इजरायली सेनाले तेहरानको आकाशमा उडिरहेको एक इरानी विमानलाई आफ्ना लडाकु विमानले खसालेको दाबी गरेको छ।
इजरायली सेनाले बुधबार (मार्च ४) इरानका विभिन्न सैन्य संरचनामाथि ठूलो हवाई आक्रमण सुरु गरेको जनाएको छ। सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत जारी गरेको जानकारीअनुसार उक्त आक्रमणमा इरानका क्षेप्यास्त्र प्रक्षेपण स्थल, हवाई रक्षा प्रणाली तथा अन्य सैन्य पूर्वाधारलाई लक्षित गरिएको बताइएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार राजधानी तेहरानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली स्रोतले यो आक्रमण गत शनिबारदेखि सुरु भएको द्वन्द्वपछि भएको दशौँ ठूलो आक्रमण भएको दाबी गरेको छ।
एफ–३५ द्वारा इरानी विमान खसालिएको दाबी
इजरायली सेनाका अनुसार ‘एफ–३५ अदिर’ लडाकु विमानले तेहरानको आकाशमा उडिरहेको इरानको ‘याक–१३०’ प्रशिक्षण विमानलाई निशाना बनाएर खसालेको हो।





















प्रतिक्रिया