Logo

समाचार

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते



रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी  भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ ।

बुधवार  साँझ करिब साढे  ५ बजे स्थानीय  २२ वर्षीय छोरा राकेश कुमार दास र २१ वर्षीय छोरा अवधेश कुमार दासबिच मदिरा सेवनका क्रममा विवाद हुँदा छुरा प्रहार भएको  प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट  राकेश कुमार दासको पिठ्यु र अनुहारमा  चोट लागेको छ। उनलाई उपचारका लागि सामुदायिक अस्पताल कटहरियामा भर्ना गरिएको छ। उनलाई १० वटा टाँका लगाइएको चिकित्सकले जनाएका छन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर  तेजप्रसाद भट्टराईको कमान्डमा टोली खटिएको थियो।घटनामा संलग्न आरोपी फरार रहेको र उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।