Logo

समाचार

काठमाडौँको ब्रम्हखेलमा शङ्कास्पद अवस्थामा सुटकेस फेला



काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–२ स्थित ब्रम्हखेलमा शङ्कास्पद अवस्थामा सुटेकस भेटिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रम्हखेलस्थित सोमालिङ्गेश्वर मन्दिर अगाडी सुटकेस भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

शङ्कास्पद सुटकेस भेटिएपछि चाबहिल–साँखु सडकको सो खण्डमा सुरक्षाकर्मी आवतजावत गर्न रोक लगाएका छन् । घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेर शङ्कास्पद बस्तु निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १०:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।