Logo

समाचार

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम



विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर कुल ६४.५६ प्रतिशत मतदान भएको छ । मोरङका ८८८ वटा मतदान केन्द्रहरूमा भएको मतदानमा कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

मतदान गर्नेहरूमा महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्यांक अनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्य लिङ्गी मतदाताले मतदान गरेका छन् ।

जिल्लाका ६ निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा कुल १ लाख १० हजार १७७ मतदातामध्ये ७८ हजार ५२९ जनाले मतदान गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १९:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।