Logo

समाचार

सिन्धुलीमा ५३.५८ प्रतिशत मतदान, मतपेटिका संकलन कार्य सुरु



सिन्धुली । सिन्धुलीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लाभर ५३.५८ प्रतिशत मत खसेको छ ।

बिहीबार भएको मतदानमा जिल्लाका कुल मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार जिल्लामा कुल २ लाख १५ हजार १९ मतदाता रहेका थिए । जसमध्ये ५४ हजार ४३२ महिला र ५८ हजार ७८२ पुरुष मतदाताले मतदान गरेका छन् । जिल्लाका १५१ मतदान स्थलका २७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र स्वच्छ वातावरणमा मतदान कार्य सम्पन्न भएको हो ।

मतदान सकिएसँगै सदरमुकाम नजिकका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन कार्य सुरु भइसकेको छ । यसै क्रममा कमलामाई नगरपालिका–६ स्थित खम्बेचौर मतदानस्थलका ५ वटा मतदान केन्द्रका मतपेटिका मतगणना स्थल तोकिएको जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा ल्याइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार २०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।