Logo

समाचार

कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता



पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् ।

कास्की १ मा खड्कराज पौडेल (गनेस)ले फराकीलो अन्तर बनाएका छन् ।

पौडेलले १ हजार ३ सय ५४ मत सहित अग्रता लिँदा काँग्रेसका तिलक रानाभाटले ५ सय ९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका बैनबहादुर अधिकारीको ५ सय २९ मत छ ।

क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उत्तम पौडेलले लिड गरेका छन् । उनले २ हजार ४ सय १७ मत सहित अग्रता लिँदा एमालेका रश्मि आचार्यको १ हजार २ सय १४ र काँग्रेसका माधव प्रसाद बाँस्तोलाले ७ सय १७ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०७:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।