Logo

प्रमुख समाचार

झापा–५ मा ५ हजार मतले अघि लागे बालेन



झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् ।

यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् ।

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १६:१२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।