Logo

राजनीति

कोशीका २८ निर्वाचन क्षेत्रमध्ये १६ वटामा घण्टी अगाडि, ४ वटामा माटो



विराटनगर । फागुन २१ गते (बिहीबार) सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रायः निर्वाचन क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र श्रम संस्कृति पार्टीले पुराना पार्टीलाई हायलकायल बनाएको देखिएको छ ।

हालसम्म झापाको ५ वटै निर्वाचन क्षेत्रमा भारी मतका साथ रास्वपाका उम्मेदवारहरु अगाडि छन् । त्यस्तै, मोरङका ६ र सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् ।

यस्तै, उदयपुर १ मा रास्वपा अगाडि देखिएको छ । त्यसबाहेक इलामको २, भोजपुर, उदयपुर २ र पाँचथरमा श्रम संस्कृति पार्टी अगाडि छ ।

त्यस्तै, ताप्लेजुङमा नेकपा र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेका सचिव समेत रहेका भानुभक्त ढकालले तेह्रथुममा अग्रता कायमै राखेका छन् । त्यस्तै ओखलढुङ्गा र धनकुटामा पनि एमालेको अग्रता रहेको छ ।

त्यस्तै सोलुखुम्बु र सङ्खुवासभामा हालसम्म मतगणना सुरु भएकै छैन । इलाम १ र खोटाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १८:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।