कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल विजयी भएकी छन् ।
ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
यस्तै, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार फागुराम थारूले ३ हजार ३८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २ हजार ९३७ मत पाएका छन्।





















प्रतिक्रिया