Logo

राजनीति

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा



रामेछाप । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशिष गजुरेल अग्रस्थानमा रहेका छन् ।

मरिण, सुनकोसी, घ्याङलेख, हरिहरपुरगढी र कमलामाई १–७ वडासम्मको मतगणना अनुसार आशिष गजुरेलले १४ हजार ९१३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी लेखनाथ दाहाल (राजन)लाई ९२४ मतले पछि छोडेका छन् ।

यस्तै, एमालेका मनोज जंग थापाले ९ हजार ६२५ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार २७६ मत प्राप्त गरेका छन् ।

अब चारवटा वडाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ११:५३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।