Logo

प्रमुख समाचार

झापा-५ मा बालेन ३८ हजार मतले अगाडि



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा ५ मा जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह भारी मतका साथ अग्रता लिइरहेका छन् ।

हालसम्म बालेनले ३८ हजार ६५ मतले अग्रता गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार १०६३७२ मत खसेकोमा ८२११८ मत गणना गर्दा बालेनले ५२ हजार ९६ सय मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमोरियाले १४१७ मत प्राप्त गर्दा नेकपामा रञ्जित तामाङले ९९६ मत पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १४:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।