Logo

प्रमुख समाचार

सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी



काठमाडौं । सिन्धुली क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिष गजुरेल विजयी भएका छन् ।

गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे ।

नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १४:३४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।