Logo

प्रमुख समाचार

नुवाकोट-१ मा प्रकाशशरण महतले लिए अग्रता



नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक पछिल्लो नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७०६३ मत प्राप्त गरेका छन् । उनी महतभन्दा ६ सय भन्दा बढी मतले पछाडि रहेका छन्, जसले प्रतिस्पर्धा निकै रोचक बनेको देखिन्छ ।

त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ५२७८ मत प्राप्त गरेका छन् भने बद्री मैनाली (सूर्य चिन्ह) ले ३२५५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १५:२५   :  बजे

777
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।