Logo

प्रमुख समाचार

राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित



काठमाडौं । जुम्लाको प्रतिनिधिसभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । राप्रपाको यो पहिलो जित हो ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।

त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८मतमा चित्त बुझाउन बाध्य भएका छन् । देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १७:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।