Logo

राजनीति

नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रकाश शरण महतले ७ सय १८ मतले अग्रता कायम गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा मत गणना जारी छ ।

हाल सार्वजनिक भएको नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ८ हजार १९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७ हजार ३६३ मत प्राप्त गरेका छन् ।

उनी महतभन्दा ७ सय १८ मतले भन्दा बढी मतले पछाडि रहेका छन् । त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह)ले ६३२८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १७:१७   :  बजे

858
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।