काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा आक्रामक ढंगले प्रत्यक्षतर्फ जित हासिल गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि १० लाख मत कटाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार कुल १९ लाख ४५ हजार १५५ मतगणना हुँदा रास्वपाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको हो ।
रास्वपाले १० लाख ९ हजार ८ सय २९ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसले हालसम्म ३ लाख ३० हजार ५३२ मत अर्थात् १६.९९ प्रतिशत प्राप्त गरेको छ ।
त्यस्तै केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) २ लाख ६३ हजार ४०८ मतका साथ तेस्रो स्थानमा छ, जुन कूल मतको १३.५४ प्रतिशत हो ।





















प्रतिक्रिया