Logo

राजनीति

धनुषा ४ : कांग्रेसका महेन्द्र यादवलाई हराउँदै रास्वपाको महतो विजयी



धनुषा । धनुषाको क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राज किशोर महतोले ४८ हजार २७० मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई ३२,४६१ मतान्तरले पराजित गरेका हुन् ।

पराजित महेन्द्र यादवले १५ हजार ८०९ मत ल्याएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका रघुवीर महासेठले जम्मा ११ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् ।
धनुषा ४ मा जम्मा मतदाता सङ्ख्या १ लाख २७ हजार ७७६ रहेको छ

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०८:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।