Logo

राजनीति

सिराहा–२ मा रास्वपाका शिव यादवको शानदार विजय



सिराहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अत्यधिक मतान्तरका साथ निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाम अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२ हजार ८१४ मत प्राप्त गरेका छन् ।

दुवै उम्मेदवार बिच २६ हजार ७४७ मतान्तर रहेको छ । जसले यस निर्वाचन क्षेत्रमा रास्वपाको बलियो जनसमर्थन देखाएको छ । ठुलो मतान्तरसहित प्राप्त भएको यो जितलाई स्थानीय स्तरमा ऐतिहासिक विजयको रूपमा समेत हेरिएको छ ।

यस जितसँगै सिराहा–२ मा रास्वपाले आफ्नो प्रभाव मजबुत बनाएको छ भने समर्थक तथा कार्यकर्ताले खुसीयाली मनाउन थालेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १०:२४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।